मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Wednesday, 02 September, 2026
२o८o जेठ २५ बिहीबार १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कल्याणपुरमा सुशासनको माग राख्दै सुरु अनशन ८५ घन्टापछि तोडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १३:२१:oo

सिराहाको कल्याणपुर नगरपालिकाका एक युवकले नगरमा सुशासन कायम गर्नुपर्नेलगायतका विभिन्न ११ बुँदे माग राख्दै सुरु गरेको आमरण अनशन ८५ घन्टापछि तोडिएको छ।

कल्याणपुर नगरपालिका– १० का ३२ वर्षीय सुभेन्द्र साहले कल्याणपुर नगरपालिकामा भइरहेको बेथितिविरुद्ध गत आइतबार बिहान ११ बजेदेखि अनशन सुरु गरेका थिए।

नगरपालिकामा विभिन्न पदमा आफन्तलाई गरिएको गैरकानुनी नियुक्ति खारेजी, सार्वजनिक जग्गाको संरक्षण, पूर्वाग्रही रूपमा गरेको निर्माण, नगरपालिकाका जनप्रतिनिधिको बालबालिकालाई सरकारी विद्यालयमा पठनपाठन गराउनुपर्ने, आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को आयव्यय सार्वजनिक गर्नुपर्नेलगायतका ११ बुँदे माग राख्दै उनी अनशन बसेका थिए।

परमेश्वर साह संयोजक रहेको नगरपालिकाको वार्ता टोली र अनशनरत पक्षका संयोजक गजेन्द्रप्रसाद साहको टोलीबीच चलेको छलफलबाट सहमति भएको थियो। बुधबार राति ११ बजे लिखित सहमति भएपछि आफूले ‘गंगाजल’ ग्रहण गरी अनशन तोडेको सुभेन्द्रले बताए।

आफ्नो अनशनप्रति प्राप्त सदभावका निम्ति धन्यवाद दिँदै उनले सुशासन र विकासका लागि स्थानीय स्तरबाटै खबरदारी गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।