मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ २५ बिहीबार ०८:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

३२ दिनदेखि बेपत्ता तीन यार्सा संकलकको शव फेला 

Read Time : < 1 मिनेट
२०८० जेठ २५ बिहीबार ०८:१५:००

हिउँपहिरोमा परेर ३२ दिनअघि बेपत्ता भएका तीनजना यार्सा संकलकको शव फेला भेटिएको छ । गत २२ वैशाखमा मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका– २ तल्फी गाउँका १५ जना बेपत्ता भएका थिए । तीमध्ये १२ जना त्यही दिन मृत फेला परेका थिए । तीनजना यार्सा संकलक भने बेपत्ता थिए ।

४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । 

मुगुको मुगुम कार्मारोङ गाउँपालिका– २ च्यार्खुलेखमा गत वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामा परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकोप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए । ‘बेपत्ता भएकाको तीनैजनाको शव घटनास्थलभन्दा दुई किलोमिटर तल ल्याएका छौँ,’ उनले भने । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाई दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले जानकारी दिए ।