१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथामा फहराइएको इन्टरपोलको झन्डा अध्यक्ष र महसचिवलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५९:oo

सर्वाेच्च शिखर सगरमाथामा फहराइएको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झन्डा इन्टरपोलका अध्यक्ष अहमद नसार अल–राइसी र महासचिव जुगेन स्टकलाई हस्तान्तरण गरिएको छ। 

सिंगापुरमा सुरु भएको इन्टरपोलको सम्मेलनमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले झन्डा हस्तान्तरण गरेका हुन्।

इन्टरपोल स्थापनाको एक सय वर्ष मनाउने क्रममा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले गत २ जेठमा सगरमाथाको चुचुरोमा झन्डा फहराएका थिए। 

इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूबीच बुधबारदेखि सिंगापुरमा सुरु भएको १८औँ हेड अफ नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) कन्फ्रेन्समा सो झन्डा हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ।