१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माध्यमिक शिक्षा अध्ययन गरेका विद्यार्थीलाई स्वदेशमै राख्नुपर्छ : सांसद बराल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

एमाले सांसद सुनिता बरालले आर्थिक वर्ष ०८०/८१ को वार्षिक बजेट पुनः ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेकी छिन्। 

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार उनले बजेटले मुलुकमा विद्यमान समस्या समाधान गर्ने आशा जगाउन नसकेको भन्दै पुनः बजेट पेस गर्न माग गरेकी हुन्। ‘चालू खर्च पुनरावलोकन गर्न, बजेटको सिलिङ पुनरावलोकन र फेरि बजेट पेस गर्न अर्थमन्त्रीसमक्ष आग्रह गर्दछु,’ उनले भनिन्। 

बजेटमा आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिनु खुसीको विषय भए पनि बैंक तथा वित्तीय संस्थाले हाल गरिरहेको कर्जाको अवस्था हेर्दा लक्ष्य हासिल गर्न चुनौती रहेको बताइन्। 

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बैंक तथा वित्तीय संस्थाले १५ देखि १८ प्रतिशतको कर्जा विस्तार गर्नुपर्नेमा चालू आर्थिक वर्षको हालसम्मको अवधिमा जम्मा ३‍.५ प्रतिशत मात्र कर्जा विस्तार हुनुले सरकारको लक्ष्य पूरा नहुने तर्क बरालले गरिन्। 

बरालले बजेटले शिक्षा क्षेत्रमा पर्याप्त लगानीको ढोका नखोलेको भन्दै यथेष्ट लगानीबिना शैक्षिक गुणस्तर उकास्न नसकिनेमा जोड दिइन्। 

एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वअध्यक्षसमेत रहेकी बरालले उच्च माध्यामिक तहको शिक्षा अध्ययन गरेका युवालाई स्वदेशमै राख्ने नीति सरकारको हुनुपर्नेमा अहिलेको नीति त्यसतर्फ अग्रसर नभएको गुनासो उनले गरिन्।

बरालले गुणस्तर सुधारमा पर्याप्त ध्यान नदिए आगामी दशकमा सरकारी स्वामित्वका आधारभूत विद्यालय बन्द हुने अवस्था आउने बताइन्। उच्च शिक्षालाई व्यावसायिक बनाउन शैक्षिक ऋणको प्रभावकारी कार्यान्वयनको वातावरण मिलाउन सरकारसँग माग गरिन्। फरक प्रसंगमा बरालले बजेटले संघीय प्रणालीलाई अवलम्बन गर्न नसकेको आरोप लगाइन्। 

मुलुक संघीय प्रणालीमा जानुअघि र पछिका बजेटका प्राथमिकतामा उल्लेख्य परिर्वन हुन नसकेको बरालको भनाइ थियो। मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले नेपाली मौलिकता जोगाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताइन्।

सरकारसँग विदेशबाट पर्यटक भित्र्याउने स्पष्ट योजना नरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका जहाजको प्रभावकारी सञ्चालन गर्नेबारे योजना नरहेको उल्लेख गरिन्।