१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रिमियममा सेयर निष्कासन गर्ने पहिलो जीवन बिमा कम्पनी बन्यो आइएमई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बिमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता दुई सय ३६ रुपैयाँ ९१ पैसामा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने एक करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।  

आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको जनाइएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको उल्लेख छ । यस अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड चार लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख रुपैयाँ सञ्चित रहेको जनाइएको छ ।

त्यस्तै, जीवन बिमा कोषमा ६ अर्ब सात करोड ७३ लाख रुपैयाँ रहेको तथा दीर्घकालीन लगानी तथा कर्जा आठ अर्ब चार करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको उल्लेख छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६९ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय ४३ रुपैयाँ ६७ पैसा रहेको जनाइएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।