१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५६:oo

राष्ट्रिय सभाका आजको बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा सांसद उदयबहादुर बोहराले बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन्। प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ति प्रकट गरिन्।

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराइन्। उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरिन्।

सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा संघीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे। सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनतामा बीचमा नराम्रो सन्देश दिएको बताए।

सांसद भुवनबहादुर सुनाले भूमिहीन, दलित सुकुमबासीलाई आगामी आर्थिक बर्षको बजेटले कुनै सम्बोधन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद राजेन्द्रलक्ष्मी गैरेले बजारमा खाद्यपदार्थको मूल्य दैनिकजसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन्।

सांसद सुरेशकुमार आलेमगरले सामान्य कुरालाई उचालेर सदनको कामकारबाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रिय सभामा त्यस्तो हुन नहुने बताए।