१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तान विस्फोटमा डेपुटी प्रान्तीय गभर्नरसहित दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २o:o८:oo

अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा डेपुटी गभर्नरसहित दुईजनाको मृत्यु भएको छ। अन्य छजना घाइते भएका छन्।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार फैजाबाद सहरमा भएको विस्फोटमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुईजनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। घाइते सबैलाई अस्पताल लगिएको छ।

स्थानीय समयअनुसार बिहान सवा आठ बजे फैजाबाद सहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो। घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन। रासस

ad
ad