१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यनेपालका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाभित्रका सवै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ। १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्न लागेको हो।

नगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै पाँचवटा वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे सुरु गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए। बाँकी रहेका वडा कार्यालयसम्म पुग्ने सडकलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी कालोपत्रे गरिने नगरप्रमुख पाण्डेको भनाइ छ। 

उनले भने, ‘वडा कार्यालय पुग्ने सबै सडकलाई कालोपत्रे गर्नका लागि नगरपालिका आफैँले बजेट विनियोजन गरेको छ। नगरपालिकाले यो आर्थिक वर्षमा मात्रै करिब १३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको छ।’

नगरपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे सकिएपछि नगरपालिकाले प्रत्येक बस्तीदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राख्ने जनाएको छ।