१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २३ मंगलबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदनमा अर्थमन्त्रीकाे दाबी- इमानदारितामा एक इन्च पनि कतै हल्लिएकाे छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १४:३७:oo

करका दर हेरफेर आरोप लागेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा जवाफ दिएका छन्। प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै बजेट निर्माण प्रक्रियामा इमानदारिता एक इन्च पनि कतै नहल्लिएकाे दाबी गरेका छन्। 

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाको आपत्तिपछि स्थगित भएको थियो। 

आजै नेता केपी ओली र अर्थमन्त्री महतबीचको छलफलपछि बैठक बस्ने सहमति भएको हो। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने सहमति भएपछि बैठक सुचारु भएको हो। 

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको प्रतिपक्षको आरोप छ।