१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मुख्यमन्त्री, हिक्मतकुमार कार्की
गणेश लम्साल विराटनगर
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

मंगलबार बिहान बसेको प्रदेश पदाधिकारी बैठकले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले जानकारी दिए। 

उनका अनुसार अहिले प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भइरहेको छ। प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री छन्।