१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कलुवापुर–बेलौरी सडक निर्माणमा ठेकेदारकाे ढिलासुस्तीपछि स्थानीय आन्दोलित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन्। मंगलबार बिहानैदेखि स्थानीय कलुवापुरमा सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका हुन्। 

यसअघि पनि कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेको माग अघि सारेर कलुवापुर, बन्साह, कालागौडी, बेलौरी क्षेत्रमा पटकपटक आन्दोलन हुँदै आएको थियो। कालागौडी पुलदेखि चाँन्देवसम्म झन्डै पाँच किलोमिटर सडकखण्ड निकुञ्जले कालोपत्रे गर्न नदिएको निर्माण व्यवसायीको भनाइ छ। 

कलुवापुर बजारका व्यवसायीसहितका स्थानीयले ठेकेदारको लापरबाहीलाई पूर्वाधार विकास कार्यालयबाट ठेगानमा ल्याउन नसकेको भन्दै ठेकेदार र कार्यालयको विरोध गरिरहेका छन्।कार्यालयले ठेकेदारलाई काम लगाउन नसकेको भन्दै कार्यालयप्रति समेत स्थानीय आक्राेशित भएका छन्। 

कलुवापुरका स्थानीय दानबहादुर बोहराले ठेकेदार कम्पनीले लापरबाही गर्दा स्थानीय बाध्य भएर आन्दोलनमा उत्रिएको बताए। व्यवसायीसमेत रहेका बोहराले ठेकेदारले ढिलासुस्ती गर्दा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा समस्या भइरहेको बताए।

पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर एवं उक्त सडकका इन्चार्ज जगदीश भुलले कार्यालयका तर्फबाट ठेकेदारलाई निरन्तर ताकेता गरिएको बताए। 

‘हामीले ठेकेदार एवं निर्माण कम्पनीका प्रतिनिधिलाई सडक कालोपत्रेका लागि नियमित ताकेदा गर्दै आएका छौँ,’ उनले भने, ‘तर, निर्माण कम्पनीले बेवास्ता गरेको छ, हामीले लिखित तथा मौखिक पत्राचार गर्दासमेत बेवास्ता गरिरहेको छ।’

उक्त सडक कालोपत्रेका लागि सन्तोषी थेगिमले २० साउन ०७८ मा ठेक्का सम्झौता भई १९ साउन ०८० मा सम्पन्न हुँदासमेत काम पूरा गर्न सकेको छैन। उक्त सडक कालोपत्रे गरेको निर्माण कम्पनीले डेढ वर्षदेखि ६५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ।
 
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हेमराज भट्टले सडक अवरोध हटाउने बताए। स्थानीयले अघि सारेका मागका विषयमा छलफल गरिने बताए। उनका अनुसार तीन किलोमिटर सडक डबललेनसहित १० करोड ३५ लाख लागतमा निर्माणको ठेक्का पाएको हाे।