१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ब्लड क्यान्सरबाट पीडित बालकको परिवारको अपिल– उपचार गर्दागर्दै सम्पत्ति सकियो, सहयोग गर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१६:oo

ब्लड क्यान्सरबाट पीडित १० वर्षे बालकको परिवारले सहयोगको याचना गरेको छ। काभ्रेको तेमाल गाउँपालिका ७ कुरुवासका अंकित तामाङको उपचारमा खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि आग्रह गरेको हो।

पीडितका बाबु अनिल तामाङका अनुसार बानेश्वरस्थित सिभिल अस्पतालमा बालकको उपचार भइरहेको छ। ‘घरको आर्थिक अवस्था कमजोर छ । सामान्य खेतीपाती र कर्मी काम गरेर परिवार पाल्दै आएको थिएँ। छोराको उपचारमा सबै सम्पत्ति सकियो। अब केले उपचार गर्ने?’

सहयोगका लागि तामाङका अनुसार चिकित्सकले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि तीस लाखसम्म खर्च लाग्ने बताएका छन्। उपचारका क्रममा १० लाखभन्दा बढी खर्च भइसकेको परिवारको भनाइ छ। रकम संकलनका लागि तेमाल गाउँपालिका ७ का वडाध्यक्ष ईन्द्रलाल तामाङको संयोजकत्वमा ‘ब्लड क्यान्सररोगी अंकित तामाङ बचाउ अभियान’समेत थालिएको छ।

उपचार खर्चमा सहयोग गर्न इच्छुकले बिरामीका बुबा अनिल तामाङकाे माेबाइल नं ९८४११५१७३४ मा सम्पर्क गर्न वा बिरामी अंकित तामाङकाे सिटिजन्स बैंकको तेमाल शाखामा रहेको खाता नं. ०५२०१००००२१६१०४१ मा रकम जम्मा गर्न सक्नेछन्।