१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुतलीसडकमा पाँचतलाको नक्सापास गरेर आठतले भवन निर्माण, महानगरद्वारा अनुगमन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

काठमाडौं महानगरपालिका- २८ पुतलीसडक धोबीधारामा पाँचतलासम्मको नक्सा पास गरी आठतले भवन निर्माण गरेपछि महानगरले अनुगमन गरेको छ।

सोमबार महानगरको नगर प्रहरीले उक्त भवनको अनुगमन गरेको हो। वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीले महानगरलाई गत मंसिरमा मापदण्डविपरीत भवन निर्माण भएको र जमिनमुनिको पानी जथाभावी तानेको भन्दै उजुरी दिएका थिए। 

उजुरीपछि पनि महानगर प्रहरी नपुगेको भन्दै उनले सोमबार महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई भेटेर जानकारी गराएका थिए। त्यसलगत्तै नगर प्रहरी अनुगमन गर्न गएको नगर प्रहरी प्रमुख पाण्डेले बताए।

‘उक्त भवन पाँच तलासम्म मात्रै महानगरमा नक्सापास भएको छ, त्यसरी विनानक्सापास भवन बनाउन पाइँदैन,’ उनले भने, ‘मापदण्डविपरीत निर्माण भएको पाइएमा कारबाही हुन्छ।’