१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपा सांसदको प्रश्न– सांस्कृतिक रूपमै भए पनि संसदमा ग्रेटर नेपालको नक्सा किन नराख्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालले पनि सांस्कृतिक रूपमै भए पनि आफ्नो संसदमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वमा टिस्टादेखि पश्चिममा कुमाउ र गढवालसहितको ग्रेटर नेपालको नक्सा राख्नुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीसँग भारत  भ्रमणमा गएका सदस्यहरूकोबारेमा कूटनीतिक मर्यादाअनुरूप जानकारी गराउन पनि  माग गरे।

‘कूटनीतिक मर्यादाअनुरूप भ्रमण टोलीका सदस्यबारे जानकारी गराइदिनुस्। कुरा मुरालको होइन, मोरलको हो । अब हाम्रो प्रतिनिधिसभामा पनि सांस्कृतिक रूपमै भए पनि टिस्टा नदीदेखि पश्चिमको कुमाउ–गढवालसहितको ग्रेटर नेपालको नक्सा किन नराख्ने ?’ उनले प्रश्न गरे।

सांसद श्रेष्ठले नागरिकता विधेयकको नयाँ प्रतिनिधिसभाले किन जिम्मेवारी लिने भन्दै प्रश्नसमेत गरेका छन्।