१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रमभंगता : सांसद सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रम भंग गर्दै सफलता मिलेको बताएका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण निरन्तरतामा क्रमभंगता गर्दै राम्रो सफलता प्राप्त गरेको छ। सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी। विश्वासको वातावरण बनाउँदै लान सके यो कार्यान्वयन हुन्छ। विश्वासको वातावरण नभए सहमति भएकै पनि तोडिन्छ नि विगतको हेर्दा पनि। यसपालिको भारत भ्रमण निरन्तरताको भ्रमणभन्दा अलग र सफलतापूर्वक सम्पन्न भएको छ।’

यो भ्रमण विगतको भन्दा अलग भएको उनको भनाइ थियो। प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकता विधेयकको विषयलाई लिएर संसद् अवरोध गर्नु जायज नभएको बताउँदै यसले संसदमा सबै प्रक्रिया पूरा गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यसमा केही गलत नभएको दाबी गरे। 

उनले भने, ‘यो कुरा उठाउनु जायज कुरा होइन। यसलाई प्रतिपक्षले संसदमा हंगामा गर्नका लागि विषय बनाएको छ। संसद नै अवरुद्ध गर्ने,बेल घेर्नेसम्मको पोजिसन लिनु जायज होइन। संसदमा दुई, दुईपटक छलफल चलेर यहाँका सबै प्रक्रिया पूरा गरेर राष्ट्रपति कार्यालयमा गएको, त्यसवेला विविध कारणले तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन। खालि प्रमाणीकरण गर्न बाँकी भएको कुरा गरेको न हो। राष्ट्रपति संस्था हो व्यक्ति होइन। अविच्छिन्न उत्तराधिकारवाला संस्था हो नि। त्यो कार्यालयले प्रक्रिया पूरा भएर आएको कुरालाई प्रमाणीकरण गर्यो।’