१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक अलपत्र पार्ने सांसद कान्छारामलाई कारबाही गर्ने रामहरि खतिवडाको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

ओखलढुंगाका सांसद रामहरि खतिवडाले रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)लाई कारबाही गर्ने चेतावनी दिएका छन्। ओखलढुंगा–निशंखे सडकको काम ठेक्का लिएर अलपत्र पारेको भन्दै खतिवडाले समयमा गुणस्तरीय काम नगरे कारबाही गर्ने चेतावनी दिएका हुन्।

हिमालय माध्यमिक विद्यालय निशंखेको ५६औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निर्माण व्यवसायीले समयमा काम नगर्दा जिल्लाको विकास प्रभावित भएको र जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको बताए। ‘कान्छाराम हुन् कि जेठाराम । काम नगर्ने ठेकेदारलाई कारबाही हुन्छ,’ खतिवडाले भने, ‘यहाँको सडक समयमा नबनाउने ठेकेदारलाई संरक्षण गरेको भनेर रामहरि खतिवडा मुर्दावाद भनेको पनि सुनेँ। तर, मैले कुनै ठेकेदारलाई राजनीतिक संरक्षण गरेको छैन।’

आफू काम नगर्ने ठेकेदारलाई कारबाहीको पक्षमा रहेको उल्लेख गर्दै उनले यसबारे पार्टी र सदनमा जोडदार आवाज उठाउने  प्रतिबद्धता जनाए। सांसद तामाङले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौँदेखि अलपत्र छ।

सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पारेपछि  सांसदसमेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम)विरुद्ध केही दिनअघि स्थानीयले आन्दोलन गरेका थिए। ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिई अलपत्र पार्ने ठेकेदार तामाङविरुद्ध स्थानीयले आन्दोलन थालेका हुन्।

कान्छाराम कन्स्ट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित ०७६ पुस ९ गते ठेक्का लिएको थियो। १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो। पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न भएको छैन।