१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २१ आइतबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक झलक सुवेदीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार o८:o२:oo

कांग्रेसलगायत राजनीतिक दलका भ्रातृ संस्थाले लामो समय नेतृत्व नपाउनुले राजनीतिमा कस्तो प्रभाव पर्ला ?
यसले पार्टी र तिनका भ्रातृ संस्थामा नयाँ रिक्रुटको सम्भावना कमजोर बनाउँछ । जसले सम्बन्धित संस्थालाई कमजोर बनाउँछ र जनतासितको सम्पर्कबाट टाढा बनाउँछ । 

भ्रातृ संस्थाको नेतृत्व चयनमा पार्टीको मूल नेतृत्व किन उदासीन देखिएका होलान् ?
कुनै पनि राजनीतिक दलको नेतृत्वले आफू पार्टी नेतृत्वमा जानुअघि शक्ति आर्जन गर्न पार्टीका भ्रातृ संस्थालाई उपयोग गर्छन् । तर, जब उनीहरू नेतृत्वमा पुग्छन्, त्यसपछि उनीहरूको मुख्य ध्यान पदमा कसरी टिकिरहने भन्ने विषयमा केन्द्रित हुन्छ । यसका लागि उनीहरू आफूअनुकूल, आफूले भनेको मान्ने र आज्ञाकारी नेतृत्वलाई पार्टीका भ्रातृ संस्था जिम्मा लगाउन चाहन्छन् । यस्तोमा आफूअनुकूल भ्रातृ संस्थाको नेतृत्व चयन हुने अवस्था देखियो भने उनीहरू तिनको महाधिवेशन गराउन तयार हुन्छन्, अन्यथा यसलाई अल्झाइरहन र ‘टीके नेतृत्व’ जन्माउन चाहन्छन् । अहिले कांग्रेसमा देखिएको समस्या पनि त्यही हो । सभापति देउवाले पार्टीका भ्रातृ संस्थाको नेतृत्व चयनमा अलमल गर्नुको कारण पनि यही हुन सक्छ । 

यसले दलीय नेतृत्व तयारीमा ‘भ्याकुम’ सिर्जना गर्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?
परम्परागत पार्टीहरूमा नियमित प्रक्रिया र भ्रातृ संगठनबाहिरबाट नेतृत्वमा पुग्ने विधि र बाटो निर्माण गरिएको देखिन्न । पार्टी विधि र प्रक्रियाबाहिरबाट सोझै नेतृत्वमा पुग्ने ‘ल्याटरल इन्ट्री’ खुला राख्ने हो भने पार्टीहरूको नेतृत्व विकासमा समस्या हुँदैन । नत्र संकट सिर्जना हुन पनि सक्छ ।  

ad
ad
ad
ad