१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १६:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ भरत तालमा निर्माण 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १६:१२:oo

सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ निर्माण सम्पन्न भएको छ। भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ सञ्चालनको तयारी भएको हो।

ताल किनारमा निर्माण सम्पन्न भएको ‘स्काई साइक्लिङ’को परीक्षण सम्पन्न गरेर सञ्चालनको तयारी गरेको सञ्चालक कम्पनीका गौतम खड्काले जानकारी दिए। तारको लठ्ठामा झुन्डिएको साइकल चलाएर मनोरञ्जन लिने यो खेल पछिल्लो समय आकर्षण बन्दै गएको छ। ‘स्काई साइक्लिङ’ले तालमा थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।

जमिन सतहदेखि ३७ फिट उचाइमा रहेको यो ‘स्काई साइक्लिङ’ २१३ फिट लामो रहेको सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालिका प्रमुख खड्काले जानकारी दिए। भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ। तालमा पर्यटकको मनोरञ्जनका लागि तीन दर्जन मोटरबोट र एउटा मिनीक्रुज यसअघि नै सञ्चालनमा छन्। 

पर्यटकको मनोरञ्जनलाई ध्यान दिँदै ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ। ८५ लाख लागतमा निर्माण सम्पन्न ‘स्काई साइक्लिङ’मा दुईवटा रोपलाइन विस्तार गरिएको छ। यसमा एकपटकमा तीनजनासम्मले साइकल चलाउन सक्ने सञ्चालक कम्पनीले जनाएको छ। नगरको पहिचानका रूपमा रहेको निर्माणाधीन भरत ताल पर्यटन, पर्यावरण र रोजगारीसँगै नगरको आर्थिक उपार्जनको माध्यमसमेत बन्दै गएको छ।