१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा १० महिनामा आठ हजार बढी सवारी कारबाहीमा, ५० लाख ५४ हजार राजस्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

गुल्मीमा १० महिनामा आठ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष ०७९/८० को १० महिनामा जिल्लाभर आठ हजार एक सय ५० सवारीसाधनहरू कारबाहीमा परेका छन्। 

गत साउनदेखि वैशाखसम्म ट्राफिक नियमविपरीत सवारीसाधनहरू सञ्चालन गरेका ट्रक पाँच सय ४०, बस पाँच सय २९, जिप/ कार तीन हजार तीन सय ३२ वटा, ट्याकटर दुई सय ८९ वटा, मोटरसाइकल तीन हजार चार सय ३४ वटा र अन्य २३ वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

५० लाख ५४ हजार राजस्व संकलन
गुल्मीमा सवारीसाधन कारबाहीबाट ५० लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष ०७९/८० को १० महिनाको अवधिमा विभिन्न सवारीसाधनको कारबाहीबाट ५० लाख ५४ हजार राजस्व संकलन भएको छ। आर्थिक वर्ष ०७९/८० को साउन महिनामा छ सय ४५ सवारीसाधन कारबाहीमा पर्दा तीन लाख ८७ हजार पाँच सय राजस्व संकलन भएको छ। 

भदौ महिनामा आठ सय सवारीसाधन कारबाहीमा चार लाख ६० हजार, अजोजमा आठ सय ५० सवारीसाधन कारबाहीमा परेका छन् । जसमा पाँच लाख चार हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी हवल्दार विष्णु घर्तीले जानकारी दिए । 

घर्तीका अनुसार कात्तिकमा नौ सय सवारीसाधन कारबाहीमा पाँच लाख २६ हजार, मंसिर महिनामा सात सय ५० सवारी कारबाहीमा चार लाख ३४ हजार पाँच सय राजस्व संकलन भएको छ। 

यसैगरी, पुसमा महिनामा आठ सय ५० सवारी साधन कारबाहीमा पाँच लाख, माघमा नौ सय ५० सवारी कारबाहीमा पाँच लाख ४४ हजार पाँच सय, फागुनमा सात सय ५० सवारी कारबाहीमा छ लाख २२ हजार पाँच सय र चैत्र महिनामा आठ सय सवारीसाधन कारबाहीमा परेर पाँच लाख ३० हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ। त्यस्तै, वैशाखमा आठ सय ५० सवारी कारबाहीमा पाँच लाख ४४ हजार राजस्व संकलन भएको छ। 

यसैबीच आर्थिक वर्ष ०७५/७६ मा ६ हजार ३ सय ८९ सवारी कारबाहीमा ३९ लाख सात हजार राजस्व संकलन भएको थियो। आर्थिक वर्ष ०७६/७७ मा पाँच हजार ८७ सवारी कारबाहीमा ५१ लख ५७ हजार पाँच सय र आ.व. ०७८/७९ मा नौ हजार छ सय ६४ सवारीसाधन कारबाहीमा ५७ लाख ५७ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख छ।