मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० जेठ २० शनिबार ०७:३४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी र एपिएफ फाइनलमा

Read Time : < 1 मिनेट
२०८० जेठ २० शनिबार ०७:३४:००

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् । हेटौँडामा शुक्रबार भएको सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई हराएको थियो । आर्मीले नेपाल पुलिसलाई हराउँदै एपिएफसँगको उपाधि भिडन्त पक्का गर्‍यो ।

एपिएफले गण्डकीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पहिलो दुई सेट १८–२५ र १५–२५ ले गुमाएको एपिएफले बाँकी तीन सेटमा लगातार जित निकाल्न सफल भयो । एपिएफले गण्डकीलाई अन्तिम तीन सेटमा २५–१९, २५–२३ र १५–१० ले हराउँदै फाइनल प्रवेश गरेको हो । 

नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो सेट नेपाल पुलिसले जितेको थियो । आर्मीले तेस्रो र चौथो सेट सहजै आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो ।

आर्मीले तेस्रोमा २५–१३ र चौथो सेटमा २५–१५ ले आफ्नो पक्षमा पार्‍यो ।उपाधि भिडन्त शनिबार हुने प्रतिष्ठानका महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले दुई लाख र उपविजेताले एक लाख पाउनेछन् । सेमिफाइनलिस्टले जनही ५० हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिएका छन् ।