१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुली दुर्घटना : काठमाडौंबाट गोताखाेर टोली खटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

सुनकोसी नदीमा स्कारपियोसहित खसेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोली सिन्धुलीतर्फ खटिएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट स्कारपियोसहित सिटिइभिटीका तीन कर्मचारी सुनकोसीमा खसेका छन्।

उनीहरूको उद्धारका लागि सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० विपत् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको सातजनाको गोताखोर टोली करिब १ः२० बजेतिर खटिएको हाे।

सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको नाैजनाको टोली पनि खटिइसकेको छ।

उक्त दुर्घटनामा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका बताइएकाे छ।