१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खानाकै लागि विद्यालय जान्छन् नौमूलेका दलित बालबालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१९:oo

दैलेखको नौमूले गाउँपालिका– ७ जरिखानाका भक्तबहादुर विश्वकर्मा विगत लामो समयदेखि असहाय जीवन जिउन बाध्य छन्। लडेर घाइते हुँदा राम्रो उपचार नपाएपछि उनी अहिले अपांग जीवन बिताइरहेका छन्।

भक्तबहादुर काम गर्न नसक्ने भएकाले ६ सन्तान र उनको हेरचाह श्रीमती एकजनाको कमाइबाट गर्नुपरेको छ। ‘श्रीमतीको भरमा ६ वटा बालबच्चा पाल्न निकै समस्या छ,’ भक्तबहादुरले गुनासो गरे, ‘जमिनको नाममा चारवटा सुर्का छन्। त्यसैको एउटा छेउमा जनता आवास कार्यक्रमले घर बनाइदिएको छ।’ दुई छोराछोरी विद्यालय त जान्छन्, तर विद्यालयको पोसाक किन्ने पैसा उनीसँग छैन। शिक्षाको खर्च धान्न सक्ने अवस्था नभए पनि छोराछोरीलाई खानाकै लागि विद्यालय पठाएको भक्तबहादुरले गुनासो गरे।

जग्गा कम भएको र अन्न उत्पादन पनि नहुने भएकाले नौमूलेका दलित समुदायका धेरैजसो बालबालिका खानाकै लागि विद्यालय जाने गरेका छन्। गरिबीको चरम चपेटामा परेका यहाँका दलित समुदायका धेरैजसो बालबालिकाले विद्यालयमा सञ्चालन गरिएको दिवा खाजालाई नै खानाको रूपमा लिने गरेका जरिखानास्थित सन्तोषी प्राविका शिक्षक तेजबहादुर नेपालीले बताए।

विद्यालय आएका कुनै पनि विद्यार्थीलाई दिवाखाजामा विभेद नगरी पेटभरि खान दिन आफूले आग्रह गरेको शिक्षक नेपालीको भनाइ छ। कैयौँ परिवारको अवस्था झोला र ड्रेससमेत किन्न सक्ने नभएको भन्दै उनले सहयोगका लागि आग्रह गरेका छन्।

देशमा गणतन्त्र आएको १६ वर्ष पूरा भइसक्दा पनि लाखौँ नागरिक गरिबीको चपेटामा छन्। गणतन्त्रपछिको १५ वर्ष गरिबहरूका लागि खास उपलब्धिमूलक नभएको नौमूलेका दलित बस्तीको अवस्थाले प्रस्ट पारेको नेपाली बताउँछन्।