Skip This
सुगम पोखरेल क्यानडाको सांगीतिक यात्रामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १९ शुक्रबार १२:४४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुगम पोखरेल क्यानडाको सांगीतिक यात्रामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार १२:४४:oo

गायक सुगम पोखरेल नेपाली संगीतमा नौलो नाम होइन। नेपाली संगीतमा उनले दिएको योगदान उल्लेखनीय छ।

पप शैलीको गीतबाट आफूलाई स्थापित गराए पनि सुगमले नेपाली सिनेसंगीतका साथै लोकसंगीतमा पनि उत्तिकै योगदान दिएका छन्।

नेपाली माटो सुहाउँदो गीत आफूलाई सधैँ मन पर्ने सुगम बताउँछन्। उनको ‘वर्षमा दिनमा लैलै’ र ‘दसैँ तिहार’ बोलको गीत अहिलेसम्म युट्युबमा करोडभन्दा बढीपटक हेरिएको छ।

सुगमकै संकलन तथा संगीत रहेको लोकलयमै आधारित ‘रात्रिबसैमा’ बोलको गीतलाई पनि दर्शकले लाखौँपटक हेरेका छन्। करिब २० वर्ष अगाडि आलोक श्रीको संगीतमा ‘नौलाखे तारा’ लोकगीत गाएका सुगमले त्यसपछि थुप्रै लोकलयमा आधारित गीतबाट दर्शक–श्राेताको मन जितिसकेका छन्।

पछिल्लो समय आफ्ना पितापुर्खाहरूको सम्झनामा ‘पुर्खा है मेरा खोटांगे’ बोलको गीतलाई पनि दर्शक–श्राेताहरूले निकै मन पराएका छन्। नेपालको आफ्नै मौलिकता झल्काउने खालको गीत सिर्जना गर्न आफूलाई रमाइलो लाग्ने र आफू सांगीतिक यात्रामा पूर्वदेखि पश्चिमसम्म जाँदा मौलिकतामा आधारित भएर धेरै गीत बनाएको सुगम बताउँछन्। यसको पछिल्लो उदाहरण ‘न सुके कर्णाली’ गीत रहेको उनको भनाइ छ।

उक्त गीतमा सुदूरपश्चिमको मौलिकता झल्केको छ। हाल सुगम क्यानडाको विभिन्न सहरहमा सांगीतिक यात्रामा छन्। उक्त यात्रामा पनि उनले नेपाली लोकसंगीतको श्रीवृद्धिमा जोड दिइरहेका छन्।