Skip This
हरेक एक किलोमिटरमा स्मार्ट शौचालय बनाउँदै ललितपुर महानगर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
ललितपुरको पाटनमा रहेको पुरानो शौचालय । फाइल तस्बिर
Invalid date format १o:३२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हरेक एक किलोमिटरमा स्मार्ट शौचालय बनाउँदै ललितपुर महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

ललितपुर महानगरले आर्थिक वर्ष ०८०/८१ भित्र सबै २९ वडामा स्मार्ट शौचालय निर्माण गर्ने भएको छ । स्मार्ट सिटीको अन्तर्राष्ट्रिय अवधारणा अनुसरण गर्दै हरेक एक किलोमिटरमा शौचालय निर्माण गर्न लागेको महानगरका मेयर चिरिबाबु महर्जनले बताए । ‘महानगरपालिका र स्मार्ट सिटीको अन्तर्राष्ट्रिय अवधारणाअनुसारका हामीकहाँ शौचालय छैनन्, अब ललितपुर महानगरले एक वर्षभित्र एक–एक किमिमा स्मार्ट शौचालय बनाउँछ,’ उनले भने, ‘आठवटा शौचालयको टेन्डर भइसक्यो ।’

उनले अन्य बाँकी वडामा पनि यो वर्षको नीति तथा कार्यक्रमबाट शौचालय निर्माणको काम गरिने बताए । तर, कतिपय वडाध्यक्षले स्मार्ट शौचालय बनाउन आनाकानी गरेको भन्दै मेयर महर्जनले सकारात्मक कार्यमा अवरोध नगर्न अनुरोध गरे । पाटनढोका र मंगलबजारमा महानगरले यसअघि नै स्मार्ट शौचालय निर्माण गरिसकेको छ । महानगरको वडा नम्बर ३, ५, ६, ८, १०, १२, १५, २१ लगायत वडाका उपयुक्त स्थानमा शौचालय निर्माणका लागि टेन्डर आह्वान भएको हो ।  

पाटन दरबार क्षेत्रमा शौचालय निर्माण सुरु 
पाटन दरबार क्षेत्रमा आउने पर्यटकलाई लक्षित गर्दै ललितपुर महानगरले स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । पर्यटकीय क्षेत्रमा शौचालयको समस्या र भएका शौचालय पनि कम भएकाले नयाँ शौचालय निर्माण थालिएको हो । ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी उक्त शौचालय निर्माण बुधबार सुरु भएको हो । पिपिएन्डपी सिर्जनशील जेभीले निर्माण गर्ने स्मार्ट शौचालयभित्र स्तनपान कक्ष पनि हुनेछ । शौचालय अपांगता र ज्येष्ठ नागरिकमैत्री हुनेछ ।

नयाँ बनेपछि पुराना शौचालय भत्काइने
महानगरले नयाँ ठाउँमा शौचालय निर्माण गरेपछि यसअघिका पुराना भत्काउने जनाएको छ । यसअघि बनेका शौचालय अपांगमैत्री र व्यवस्थित नभएको भन्दै महानगरले पाटन क्षेत्रका तीनवटा शौचालय भत्काउन लागेको हो । त्यस्तै, लगनखेल क्षेत्रमा रहेका शौचालय पनि महानगरले भत्काएर नयाँ बनाउने भएको छ । बसपार्क क्षेत्रमा फोहोर र अस्तव्यस्त भएको भन्दै त्यस क्षेत्रमा थप व्यवस्थित शौचालय निर्माण गर्ने योजना महानगरको छ ।