१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालगन्ज–रुपैडिहा एकीकृत भन्सार जाँचचौकी सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:o५:oo

नेपालगन्जस्थित एकीकृत जाँच पोस्ट (आइसिपी) सञ्चालनमा आएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा बिहीबार उद्घाटन गरेपछि आइसिपी सञ्चालनमा आएको हो । 

८७ बिघा क्षेत्रफल ओगटेको आइसिपी निर्माणका लागि सरकारले ०६६/६७ मै नौ करोड ३९ लाख रुपैयाँ मुआब्जा दिएर जग्गा अधिग्रहण गरेको थियो । २६ फेब्रुअरी ०२१ देखि निर्माणको काम सुरु भएको आइसिपी निर्माणमा भारत सरकारको दुई अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ । भारत सरकारले ९ जुन २०२२ मा निर्माण सक्ने गरी सम्झौता गरे पनि कोरोना महामारीका कारण काम गर्न नसकेको भन्दै निर्माण कम्पनीले थप समय मागेको थियो । सन् २००५ मा दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेपछि निर्माण सुरु भएको थियो । 

आइसिपी नेपालगन्ज र भारतको रुपैडिहामा अवस्थित छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपालतिर ८७ बिघामा फैलिएको आइसिपीमा पार्किङ, गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण भएका छन् ।

दुई देशका प्रधानमन्त्रीले आइसिपी उद्घाटन गर्ने समयमा आइसिपीअन्तर्गत दुवै देशतर्फ मालवाहक गाडी ओहोरदोहोर गराइएको थियो । अब दुवै देशका मालवाहक गाडी आइसिपी भएर आउजाउ गर्ने नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत डिलुप्रसाद शर्माले बताए ।

उद्घाटनको समयमा संघीय सांसद डा. धवलशमशेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर, भारत उत्तर प्रदेशका मत्स्य विकासमन्त्री सञ्जय निसाद, बहराइच जिल्लाका डिएम मोनिकादेवी रानीलगायतको उपस्थिति थियो । यसअघि नेपाल–भारत सीमा नाकाअन्तर्गत वीरगन्ज, विराटनगर र भैरहवामा आइसिपी सञ्चालनमा आइसकेका छन् । 

ad
ad