मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
समाचार डिजिटल संस्करण

राजस्व चुहावट मुद्दामा चूडामणि शर्मा दाेषी ठहर, गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १८ बिहीबार १७:५४:००

राजस्व चुहावटको आरोप लागेका चूडामणि शर्मामाथि भ्रष्टाचार मुद्दा ठहर भएको छ। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो। गैरकानुनी सम्पत्ति आर्जनमा भने उनले सफाइ पाएका छन्। 

विशेष अदालततले २५ जेठमा सजाय निर्धारण गर्ने भएको छ। उनीविरुद्ध ८, १० वर्ष कैद हुन सक्ने बताइएको छ। उनीविरुद्ध भ्रष्टाचारका दुई मुद्दा थिए। 

११ असोज ०७८ मा राजस्व चुहावटको आरोप लागेका शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

उनीविरुद्ध सदस्य सचिव रहेको समयमा विभिन्न व्यापारिक कम्पनीबाट असुल्नुपर्नेमा राजस्व मिनाह गरेर राज्यकोषमा हानी पुर्‍याएको आरोप लागेको थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा शर्माले एक अर्ब ३३ लाख बीस हजार तीन सय पचासी रुपैयाँ कर छुट दिएर राज्यलाई हानी पुर्‍याएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।