१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १५:५१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

विराटनगर–जोगबनी संयुक्त भन्सार जाँचचौकीसम्म कार्गो रेलसेवा सुरु

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि विराटनगर–जोगबनी संयुक्त भन्सार नाकामा मालबाहक रेलसेवा सुचारु भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले बिहीबार संयुक्त रूपमा दिल्लीमा उद्घाटन गरेसँगै विराटनगर–जोगबनी नाकामा रहेको संयुक्त भन्सार जाँचचौकीसम्म भारतीय मालवाहक  रेलसेवा  सुरु भएको हो। भारत बिहार राज्यको अररिया जिल्लाको बथनाहदेखि नेपालको मोरङ कटहरीसम्म मालवाहक रेलसेवा सञ्चालन हुने परियोजना भए पनि जग्गा मुआब्जा विवादले नेपालतर्फ रेलमार्ग र स्टेसन निर्माण हुन सकेको थिएन। यसैले कोसी प्रदेशका उद्योगी–व्यापारीले संयुक्त भन्सार जाँचचौकीसम्म भए पनि मालवाहक रेल सञ्चालन गर्न नेपाल र भारत सरकारसमक्ष पटकपटक माग गर्दै आएका थिए।

भारत सरकारको सहयोगमा बिहारको अररियास्थित बथनाहबाट विराटनगरको कटहरीसम्म मालवाहक रेल ल्याउने योजना छ। तर, नेपालतर्फको ढिलासुस्तीले गर्दा योजना नेपालतर्फ अझै अधुरै छ। भारतले आफ्नोतर्फ बथनाहबाट नेपालको भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकी (आइसिपी)सम्म रेलमार्ग विस्तार गरी स्टेसनसमेत निर्माण गरेर पाँच वर्षअघि नै  परीक्षण पनि गरिसकेको छ। तर, नेपालतर्फ जग्गा अधिग्रहणको समस्याले गर्दा कटहरीसम्म अझै रेलमार्ग नै विस्तार हुन सकेको छैन।

बथनाह–कटहरी रेलमार्ग पूर्ण रूपमा विस्तार भएर सञ्चालन हुँदा अझै कोसी प्रदेशका उद्योगी–व्यापारी सीमावर्ती भारतीय सहर जोगबनीस्थित रेल्वे स्टेसनबाटै मालसमान ढुवानी गरेर भन्सारसम्म ल्याएर जाँचपास गराउन बाध्य थिए। सोझै आइसिपीसम्म मालवाहक रेल सुरु भएपछि अब दोहोरो झन्झट खेप्नु नपर्ने र ढुवानी खर्च पनि घट्ने उद्योगी–व्यापारीको भनाइ छ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले रेललाइन आइसिपीसम्म जोडिएको भए पनि यसअघि  कार्गो रेल सुरु नहुँदा जोगबनी स्टेसनबाटै कारोबार गर्नुपरेको बताए। तर, अब कार्गो रेल सुरु भएपछि कारोबारमा सहजता आउने उनको भनाइ छ। संयुक्त भन्सार जाँचचौकी भारतको जोगबनी र नेपालतर्फ विराटनगर महानगरपालिकाको बुधनगरस्थित भेडियारीमा सञ्चालनमा छ। भारतले नेपालतर्फ भेडियारीमा रेल्वे मार्गसँगै स्टेसन (गोदाम) पनि निर्माण गरिदिएको छ।