१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o८:oo

महालक्ष्मी विकास बैंक लिमिटेडले कर्पोरेट क्रिकेट लिगको दोस्रो शृंखला आयोजना गर्ने भएको छ । बैंकले स्थापनाको २९औँ वार्षिकोत्सवको अवसर पारेर ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३’ आयोजना गर्न लागेको हो । 

इमाडोलको बलपार्क इन्डोर क्रिकेट मैदानमा आयोजना हुने क्रिकेट लिग २० जेठदेखि तीन दिन सञ्चालन हुने बैंकले जनाएको छ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोली सहभागी हुने जनाइएको छ । पत्रकार सम्मेलन आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले लिगको जर्सी सार्वजनिक गरेका छन् । 

क्रिकेट लिगका प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले लिगका नियमका बारेमा प्रकाश पार्नुका साथै समूह विभाजन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए । 

 चार समूह, ३१ खेल
लिग कम नकआउट फम्र्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिने जनाइएको छ । सहभागी १६ टोलिलाई चारवटा समूहमा विभाजन गरिने र समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टर फाइनल प्रवेश गर्ने उल्लेख छ । खेल १० ओभर प्रतिइनिङ्सको हुने बैंकले जनाएको छ । 

प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सन्राइज बैंक, प्रभु बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहने उल्लेख छ ।

 प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।