१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Friday, 09 May, 2025
२o८o जेठ १७ बुधबार १९:४७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

भारतको नयाँ नक्साको विरोधमा बागमती प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १९:४७:oo

भारतको नवनिर्मित संसद् भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेस भएको छ। 

निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको बुधबारको पहिलो बैठकमा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेस गरेका हुन्। उनले पेस गरेको संकल्प प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको छ।

संकल्प प्रस्तावमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्ले, माओवादीका रत्नप्रसाद ढकाल, राप्रपाकी कुमारी तामाङ, एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र हाम्रो नेपाली पार्टीका सुरेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए।

यसअघि प्रदेश सभा नियमावली ०७४ को परिच्छेद १३ बमोजिम प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेस गर्न सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरिएको थियो।