१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले गरे प्रमाणीकरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत भएको भन्दै ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को आग्रहमा संविधानको धारा ६१ र ६६ बमोजिम  विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संघीय संसदले साउन ०७९ मै नागरिकता विधेयक पास गरेको थियो। तर, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्। 

दुवै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीको आलोचना भएको थियो। विधेयक प्रमाणीकरण भएलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति पौडेललाई धन्यवाद दिएका छन्।

यादवले अब सदाका लागि अनागरिक भएका जनताले नागरिकता पाउने भन्दै खुसी व्यक्त गरे । उनले नागरिकता विधेयक प्रमाणीकरणसँगै देशमा नागरिकताको समस्या समाधान भएको उल्लेख गरे।