१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Friday, 09 May, 2025
सौरभ यादव सप्तरी
२o८o जेठ १७ बुधबार ११:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा उपेन्द्र यादवले दिए राष्ट्रपतिलाई धन्यवाद

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार ११:४५:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद दिएका छन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक  बुधबार बिहान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि यादवले राष्ट्रपतिलाई धन्यवाद दिएका हुन्।

यादवले अब सदाका लागि अनागरिक भएका जनताले नागरिकता पाउने भन्दै खुसी व्यक्त गरे । उनले नागरिकता विधेयक प्रमाणीकरणसँगै देशमा नागरिकताको समस्या समाधान भएको उल्लेख गरे ।