१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटमा देश डुबाउने योजना छ : सांसद प्रेम सुवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५३:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी बजेटमार्फत सरकार देश डुबाउने योजनामा लागेको प्रतिक्रिया दिएका छन्। 

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै सांसद सुवालले भने, ‘चुरे दोहन गर्ने, महाभारत बगाउने र देश डुबाउने गरी बजेट आएको छ।’ 

उनले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतलाई खुसी बनाउने गरी बजेट ल्याइएको जिकिर गरे। 

‘जोत्नेलाई जमिन छैन। मलको व्यवस्थाका लागि ३० अर्ब बजेट विनियोजन गरिएको छ। तर, मल कारखाना खोल्ने प्रत्याभूति गरिएको छैन,’ उनले थपे, ‘मलमा दश प्रतिशतका दरले पनि दश अर्बजति कमिसनको खेल स्पष्टै बुझिन्छ।’ 

यस्तै, उनले सूचना प्रविधिमा विदेशी पुँजी भित्र्याउन दिने गरी व्यवस्था गरी राष्ट्रघात गरिएको पनि बताए।