
सरकारले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोतसाधन छर्ने प्रवृत्तिमा सुधार गर्न गर्ने जनाएको छ।
क्षेत्रगत प्राथमिकताभित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्याइने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०७८०/८१ को बजेट सार्वजनिक गर्दै स्रोत छर्ने प्रवृत्तिमा रोक लगाएको बताए।