१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १५:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय समितिका सभापति चयन गर्न  सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरूको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन्।

सोमबारको कार्यव्यवस्था परामर्श समितिको बैठमा सभामुख घिमिरेले भने, ‘संसदीय समितिहरूको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन। ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ। उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेका छन्। समितिमा सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिन सकेको छैन।’

‘तपाईंहरूले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्,’ उनले भने। संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ। 

संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूको मनोनयन भए पनि  सभापित चयनको प्रक्रिया अझै सुरु भएको छैन।