१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराज नगरपालिकाद्वारा ऐनविपरीत ज्यालादारीमा अधिकृत नियुक्त

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेको छ।

स्थानीय सञ्चालन ऐन,  २०७४ को दफा ८३ को उपदफा (६) मा ‘स्थानीय तहको सेवा सञ्चालनका लागि अस्थायी दरबन्दी सिर्जना गर्न सकिने छैन’ उल्लेख गरिए पनि राजविराज नगरपालिकाले ऐनविपरीत कर्मचारी भर्ना गरेको हो।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले तोकआदेशमा दैनिक ज्यालादारीमा राजविराज नगरपालिका– १ का इन्जिनियर मो. फिरोज अलीलाई अधिकृत छैटाैँ स्तर पदमा भर्ना गरेका हुन्। 

‘पदपूर्तिका लागि विज्ञापन आह्वान नै नगरी नातागोतालाई दैनिक डोर हाजिरीका नाममा विनाप्रतिस्पर्धा भर्ती गर्नु सरासर गलत हो,’ राजविराज नगरपालिका– २ का अमित साहले भने, ‘यस्तोमा भर्ना गरिएको कर्मचारी योग्य छन्/छैनन् भन्ने यकिनसमेत नहुने भएकाले काम हुनेभन्दा आर्थिक भार मात्रै पर्ने देखिन्छ।’ 

नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले आफूखुसी कर्मचारी भर्ना गरेकी छिन्। 

उसो त यसअघि पनि नगरपालिकामा मनमौजी ढंगले आधा दर्जनजति कर्मचारी भर्ना गरिसकेका छन्। गत असोज ४ गते राजविराज नगरपालिका– १ की इशा परविण, ९ गते मोहम्मद सलाउद्दिन र असोज ११ गते राजविराज नगरपालिका– २ का हरिनारायण साहलाई डोर हाजिरीमा नियुक्ति दिइएको छ।

निशालाई दैनिक एक हजार ९६ रुपैयाँ तलब दिने गरी कम्प्युटर अपरेटरमा नियुक्त गरिएको भने सलाउद्दिनलाई दैनिक सात सय रुपैयाँ पाउने गरी कार्यालय सहयोगी र हरिनारायणले दैनिक एक हजार एक सय ५७ रुपैयाँ पाउने गरी सहायकस्तरको पाँचौँ तहमा नियुक्ति पाएर तलब खाइरहेका छन्। 

यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका भोगेन्द्र यादवले समेत तोकआदेशका भरमा नियुक्ति दिएका थिए। 

उनी स्थानीय चुनावअघि ०७८ चैत १६ देखि गत भदौ ४ सम्म प्रमुख प्रशासकीय अधिकृत रहेका थिए। यादवले नौसाद अली, सुरज कार्की, श्यामनारायण यादव, जगदेव यादव, राजेशकुमार दास र प्रदीपकुमार यादवलाई करारमा नियुक्ति दिएका थिए। 

उता, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले ज्यालादारीमा अधिकृत नियुक्तबारे प्रतिक्रिया दिन मानेनन्।