१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिर्सिया नदी संरक्षण अभियानमा पर्साका सांसदको ऐक्यबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

सिर्सिया नदीको संरक्षण गर्न सरकारलाई दबाब दिन काँधमा नदीको दूषित पानी बोकेर पैदलयात्रामा निस्किएका अभियन्ताहरूले माइतीघर मण्डलामा आइतबारदेखि धर्ना दिएका छन्। 

जेठ ४ देखि पैदलयात्रा सुरु गरेका उनीहरूले ११औँ दिनमा माइतीघर मण्डलामा पुगेर धर्ना तथा प्रदर्शन गरेका हुन्। उनीहरूकाे अभियानमा पर्साका चारवटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यहरूले धर्नामा ऐक्यबद्धता जनाएको अभियन्ता सरोज रायले जानकारी दिए। 

उनका अनुसार सुरुमा धर्नामा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ऐक्यबद्धता जनाएका थिए।

उनले यो समस्या समाधानका निम्ति सहयोग गर्न आश्वासन दिएको रायले बताए। यस्तै, पूर्वमन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि अभियानलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। 
 
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता र पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले धर्नामा सहभागी भएर उनीहरूकाे अभियानप्रति समर्थन जनाएका छन्। 
 
वीरगन्ज क्षेत्रका उद्योग तथा कलकारखानाका फोहोरमैला, रसायनयुक्त झोल र ढल सोझै सिर्सिया नदीमा मिसाइँदा नदी तथा पर्यावरण संकटमा परेको भन्दै राजधानी काठमाडौंका लागि गत जेठ ४ देखि उनीहरूले पैदलयात्रा सुरु गरेका थिए।