१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १४ आइतबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरीकाे सजाय माफीका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १२:१४:oo

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बिहानको मन्त्रिपरिषद् बैठकले चौधरीलाई माफीका लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

७ भदौ ०७२ मा टीकापुरमा घटेको घटनामा दोषी ठहर भएपछि उनी जेलजीवन बिताइरहेका छन्।  जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ।