मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १३ शनिबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीलाई विश्वको आग्रह– रोस्ट्रमबाट अनुसन्धान प्रभावित गर्ने बयान नदिनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १८:२o:oo

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा उनले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको वेलामा रोस्ट्रमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिन नहुने बताएका हुन्।

दोषीलाई उम्काउन खोजिँदै छ भन्ने कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदै छ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्न सक्ने उनको तर्क छ। उनले कांग्रेसका नेताहरू यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै शर्माले कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गरे।

‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोस्ट्रममा उभिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु। दोषीलाई उम्क्याउन खोजिँदै छ भन्दै गरेको कुरामा पनि त्यो आशंकामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला नै। सँगै निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो। अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोस्ट्रममा उभिएर भन्नुभयो। को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ। हामी न्यायाधीश होइनौँ, यहाँबाट फैसला सुनाउनका लागि,’ उनले भने।