Skip This
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने, माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १३ शनिबार ११:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने, माओवादी सांसदको अभिव्यक्ति रेकर्डबाट हटाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार ११:२८:oo

प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रस्ट पार्ने सहमति भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रस्ट पार्ने सहमति भएको हो ।  

यसैगरी, प्रमुख तीन दलहरूबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसद्को रेकर्डबाट हटाउने सहमति जुटेको छ। शनिबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरूबीचको बैठकमा यो सहमति भएको हो ।

जलहरीका सम्बन्धमा संसदमा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्तिले शुक्रबार प्रतिनिधिसभा पूर्ण रूपमा प्रभावित भएको थियो। प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्नेछ। 

आज बसेकाे प्रमुख तीन दल बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी थिए।