मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १२ शुक्रबार १७:२o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

०७९ को उत्तम शान्ति पुरस्कार ‘शून्यको मूल्य’लाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार १७:२o:oo

०७९ सालको उत्तम शान्ति पुरस्कार साहित्यकार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’लाई प्रदान गरिने भएको छ।

लेखकले कृतिका माध्यमबाट अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख, पीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत सो पुरस्कार दिने निर्णय गरेको उत्तम कुँवर स्मारक पुरस्कार गुठीका सभापति डा. पार्थिवेश्वर तिमिल्सिनाले जानकारी दिए।

गुठीले ०४४ देखि निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्तालगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई बर्सेनि ‘उत्तम शान्ति पुरस्कार’द्वारा सम्मानित गर्दै आएको छ।

ताम्रपत्रसहित पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको गुठीले जनाएको छ।