१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

२९ अर्ब १३ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

नेपाल राष्ट्र बैंकले रु. २९ अर्ब १३ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ। यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु. ३४ अर्ब २० करोडबराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो। 

पछिल्लोपटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि तीन सय ६४ दिने अवधिसम्मका छन्। आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज ७.९१ प्रतिशतबराबर छ। यस्तै, तीन सय ६४ दिनको ब्याज भने ८.८० प्रतिशतबराबर छ। अन्तरबैंक ब्याजदर भने सात प्रतिशतबराबर छ।