१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १२ शुक्रबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको अदालतमा बयान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १२ शुक्रबार १३:५३:००

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको बयान लिन सुरु भएको छ।  पक्राउ परेका १६ जनाको शुक्रबारबाट बयान लिन सुरु भएको हो।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशसमक्ष उनीहरूको बयान लिइनेछ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ जना अझै फरार छन्। उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।