
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरूले बैठक अवरोध गरेका छन्।
शुक्रबार ११ बजे बोलाइएको बैठक करिब डेढ घन्टा ढिलो गरी बैठक सुरु भयो। बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले अवरोध जनाएका हुन्।
सत्तापक्षका सांसदले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनीहरूले बैठक अवरोध गरेका हुन्। पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै बैठकमा अवरोध जनाएको एमाले सांसद सुवासचन्द्र नेम्वाङले बताए।