१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास लिक भएर गम्भीर घाइते ठगुन्नालाई थप उपचारका लागि काठमाडौं लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

खाना पकाउने ग्यास लिक भएर जलेर घाइते भएका एक वृद्धलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ। नौगाड गाउँपालिका– ३ का ८० वर्षीय वृद्ध अमरसिंह ठगुन्नालाई उपचारका लागि काठमाडाैं लगिएको हो।

बुधबार बिहान चिया पकाउने क्रममा ग्यास लिक भएर उनी जलेका थिए। घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको आफन्त उपेन्द्र ठगुन्नाले बताए। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकाेप्टरबाट काठमाडाैं लगिएको छ।