१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा मर्यादित पोसाक लगाएर जानुपर्छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी भेलामा उनले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको बताए।

सरकारले विदेशीसँग एउटा र संसदमा अर्कै कुरा गर्ने गरेको ओलीको आरोप छ। मर्यादित संसदमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आएको भन्दै उनले आपत्ति जनाए।

‘... राजनीतिले यो गर्दैछ। सामाजिक मूल्य, मान्यता र संस्कृतिहरुलाई कमजोर पार्दैछ। पार्लियामेन्टलाई  झाँकि देखाउने मेलाजस्तो बनाउँछ। पार्लियामेन्टमा मर्यादित पोशाक लगाएर आऊ भन्यो भने आक्रोश, विरोध गरेर त्यसको अवज्ञा गर्नुमा बहादुरी देख्छ। प्रश्न मर्यादित पोशाकको हो। अनि, मर्यादित स्थलहरुमा, मर्यादित ढंगले मात्रै जान पाईन्छ दुनियाँ जहासुकै पनि। पार्लियामेन्टमा जसरी पनि जान दिने त्यस्तो चलन हुँदैन। मर्यादित पोशाकमा जानु पर्दछ,’ ओालीले भने।