
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताले आफूसँग भएको भनिएको प्रमाण प्रहरीलाई दिनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीलाई आफूसँग भएको भनिएको प्रमाण प्रहरीलाई बुझाउन आग्रह गरेका हुन्। ‘उहाँलाई मेरो सम्मानसाथ आग्रह के छ भने– भुटानी शरणार्थीका सम्बन्धमा हरेक दोषीहरू सुरुदेखि नै थाहा छ भन्नुभएको छ। उहाँले बाहिर पनि संसदमा पनि अभिव्यक्ति दिनुभएको छ,’ केसीले भने, ‘कृपया उहाँले प्रहरीलाई खबर गरेर तिनीहरूलाई कारबाही गर्न किन हिचकिचाउनुभएको हो मलाई थाहा छैन।’
प्रमुख प्रतिपक्षी दलका नेताले समेत विभिन्न कालखण्डमा भएका भ्रष्टाचारहरूको छानबिन गर्नुपर्ने बताएकाले सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने सांसद केसीको भनाइ छ।