१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
म्याद थप गराउन लैजाने क्रममा आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीले बुझायो शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ।सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको बताए। उनले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने बताए। उनले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गर्ने पनि बताए। 

उनले जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन सकेर बुधबारसम्म जिल्ला अदालतमा अभियोगपत्र दायर गरिसक्ने बताए। उनले सरकारी वकिल कार्यालयले क-कसलाई के-के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए। 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ। प्रहरी अनुसन्धानमा के देखियो, आधार प्रमाणहरू के हुन्? को–कोविरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो। कस्तो अपराध हो। कति कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन्। हामी सुरुवातमा मुद्दाको अनुसन्धानको मिसिङ छ। यो विश्लेषण गर्छौं। आधार प्रमाणहरू हेर्छौँ। यो आधारमा हामी निर्णय गर्छौं। हामीले भर्खरै प्रतिवेदन प्राप्त गरेका छौँ। अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौँ। पक्राउ परेकाहरूलाई ठगी र संगठित अपराध र राज्यविरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना छ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। 

नेउपानेका अनुसार पक्राउ पर्नेहरूलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (किर्ते) र राज्यविरुद्धको अपराधमा समेत मुद्दा चलाउन सक्ने बताए।