१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन्।

सोमबार चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरूको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्न जरुरी रहेको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्ने गरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याए।

‘कयौँ युवा डाक्टरहरूले लाखौँ खर्च गरेर पढ्नुभएको छ। तर, ३० देखि ४० हजारको जागिर छ नेपालमा । अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु। यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।

आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुने गरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा गुणात्मक सफाइको आवश्यकता रहेको बताए।