१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीलाई नेपालको प्रश्न- अरूको सत्तोसराप मात्रै कति दिन गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन्। 

अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन्। आइतबार ओलीले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए। 

सोमबार (आज) अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरूलाई खोचपेज हुने गरी आएको भन्दै आलोचना गरे। उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरूलाई दोष नदिन ओलीलाई सचेत गराए। अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरूलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोपसमेत लगाए। 

ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उनले दोहोर्‍याए। अध्यक्ष नेपालले भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए। 

उनले भने, ‘यो देशलाई बनाउन सकिन्छ। त्यसका लागि हामीहरूबीच सहकार्यको आवश्यकता छ। एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन। आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन। त्यो बेग्लै कुरा हो। किन बस्न सकिएन, त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो? त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन। त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफूभित्र के कमीकमजोरी रहे। त्यसको हामी सबैले समीक्षा गराैँ। कमीकमजारी भएका छन भने ती कमीकमजोरीको पहिचान गरौँ। त्यसलाई सुधार गरौँ। अहिले म समस्या देखिराखेको छु। हामीकहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो।’ 

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए।