१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहन्छ  : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन्।

आइतबार १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयक चाँडै नै संसदबाट पास हुने विश्वास व्यक्त गरे। अन्य विषयमा सत्तापक्षसँग एमालेका असहमतिहरू भए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा कुनै असहमति नरहने ज्ञवालीले स्पष्ट पारे।

‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ। केही दिनअघि संसद्को विषयगत समितिमा पनि गइसकेको छ। म आशा गर्छु, छिटोभन्दा छिटो टुंगिन सकोस्, अरू विषयमा हामी प्रतिपक्ष हौँला। धेरै कुरामा हाम्रा असहमतिहरू होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ,’ उनले भने।

विधेयक टुंगोमा पुर्‍याउँदा दलहरू र पीडितका परिवारबीच पर्याप्त परामर्श हुनुपर्नेमा उपमहासचिव ज्ञवालीले जोड दिए। बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।